नेपाली प्रयांकस्टार युट्युब च्यानलका सञ्चालक आकाश सेढाईं पक्राउ



भक्तपुरबाट। नेपाली प्रयांकस्टार युट्युब च्यानलका सञ्चालक आकाश सेढाईं पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले सेढाईंलाई मंगलबार भक्तपुरबाट पक्राउ गरेको हो।

पक्राउ परेका सेढाईंविरुद्ध विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको ब्यूरोका एसएसपी नवीन्द अर्यालले बताए।

सार्वजनिक स्थलहरुमा मजाक, ख्यालठट्टा वा मस्करी (प्र्याकं) को नाममा सर्वसाधारण व्यक्तिलाई शारीरिक तथा मानसिक रुपमा सास्ती दिने, हैरानी पार्ने र दिक्दार लगाउने जस्ता क्रियाकलाप गरी सोको गोप्य भिडिओ तयार गरी युट्युव च्यानलमा राख्ने गरेकाले उनलाई पक्राउ गरिएको साइबर ब्यूरोले जनाएको छ।

उनले विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूर गरेकोले जिल्ला अदालत काठमाडौंबाट अनुमति लिई पक्राउ गरिएको ब्यूरोले जनाएको छ। ब्यूरोका अनुसार उनीमाथि सात दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्