नेपाल कम्युनिस्ट पार्टी विप्लव नेतृत्व बझाङले एमसिसि विरुद्ध नारा जुलुस 



बझाङ । नेपाल कम्युनिस्ट पार्टी विप्लव नेतृत्व बझाङले एमसिसि विरुद्ध नारा जुलुस निकालेको छ । बझाङ जिल्लाको केदारस्यू गाउँपालिकाको झाेता बजारमा नेकपा विप्लव बझाङले नारा बाजि सहित चर्को विरोध गरेको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसि टेबलमा लिने भनेपछि  विप्लव नेतृत्वले  एक कार्यक्रमका बिच विरोध गरेको थियो ।

अमेरिकी साम्राज्यवाद हाबी हुँदै गएको भन्दै हाम्रो देशका दलालहरूले पास गर्न खोजेको जनाउँदै चर्को विरोध गरेको विप्लव जिल्ला सेक्रेटरी वि पी विराट उपाध्यायले बताए । आज भएको कार्यक्रममा जिल्ला सेक्रेटरी विराट उपाध्यायको अध्यक्षतामा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सल्लाहकार शङ्कर खड्का रहनु भएको थियो ।

झाेता बजार परिक्रमा गर्दै कोण सभा गरिएको हो । कार्यक्रम प्रमुख अतिथि रहनु भएका खड्काले भने देश खतरामा गएको भन्दै सबैलाई सचेत हुन अनुरोध गरिएको हो । कार्यक्रमका अध्यक्ष उपाध्यायले भने यो टेलर हो भन्दै एमसिसि पास गरे देशमा आन्दोलन हुने भन्दै देशको सबै जनता दलालहरू बाट सचेत रहन आग्रह गरिएको हो । कार्यक्रममा पाँच सय बढी नेता कार्यकर्ता उपस्थिति रहकाे थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्