दाङमा आफनै बुबाको ह’त्या गरेको आ’रोपमा छोरा प’क्राउ



दाङ । पश्चिम दाङमा आफ्नै बुबाको धारिलो हतियारले घाँ’टी रेटी ह’त्या गरेको आ’रोपमा छोरा प’क्राउ परेका छन् । प’क्राउ पर्नेमा शान्तिनगर गाउँपालिका–३ बेलडाँडा निवासी १९ वर्षीय गोपाल मगर रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

निजले बुबा ६३ वर्षीय कर्णबहादुर बुढालाई आज दिउँसो १ बजे आफ्नै घरको आँगनमा तरकारी काट्ने फलामको चक्कुले घाँटी रेटी ह’त्या गरेको भन्ने जानकारी प्राप्त भएलगत्तै इलाका प्रहरी कार्यालय खिलतपुरबाट गएको प्रहरी टोलीले उनलाई प’क्राउ गरी नियन्त्रणमा राखिएको प्रवक्ता रिजालले जानकारी दिए ।’

यसअघि बाबुछोराबीच पटक–पटक झगडा हुने गरेको स्थानीयवासीले प्रहरीलाई बताएका छन् । आज के कारणले बुबाको ह’त्या गरेको हो भन्ने बारेमा केही नखुलेको र यस बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्