बालाजुमा मिनीबसको ठक्करबाट २ जना पैदलयात्रीको मृत्यु



काठमाडौँ । काठमाडौँको बालाजुमा बसको ठक्करबाट दुई जना पैदल यात्रुको मृत्यु भएको छ।

बिहीबार बिहान करिब ६ बजे बालाजुको गङ्गा हलअगाडि मिनीबसले पैदल यात्रीलाई ठक्कर दिँदा गम्भीर घाइते भएका उनीहरूलाई अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा रसुवा घर भएका १८ वर्षीय विकास तामाङ र नाम नखुलेकी अन्दाजी ५०र५५ वर्षीय महिला हुन् । महिलाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

उनीहरूको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो ।

बसको नम्बर खुल्न सकेको छैन । तीन वटा शङ्कास्पद बसलाई नियन्त्रणमा लिएर प्रहरीले छानबिन सुरु गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्