धरानको जं’गलमा भेटियो जे’ब्रा झो’लाभित्र मानिसको टा’उको र खु’ट्टा



सुनसरी । धरान-धनकुटा लोकमार्गमा पर्ने निसाने जङ्गलमा ह’त्या गरेर फालिएको मानिसको टाउको र दाहिने खुट्टा भेटिएको छ । 

बुधबार जेब्रा झोलामा पुरुषको टाउको र खुट्टा भेटिएको स्थान नजिकै बिहीबार बिहान अर्को झोलामा शरीर भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरी स्रोतका अनुसार आपगाछी क्षेत्रको उक्त जङ्गलमा दाउरा खोज्न गएका स्थानीयले बुधबार झोलाभित्र टाउको र खुट्टा भेटेका थिए। पुरुषको जस्तो देखिने टाउको फेला परेपछि बुधबार स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

घटनाको प्रकृति हेर्दा कसैले मानिसको हत्या गरेको प्रहरीको भनाई छ ।  सूचना पाए लगत्तै खटिएको प्रहरीको टोलीले उक्त स्थान नजिकै अर्को झोलाभित्र शरीर पनि फेला पारेको हो । यद्यपि उक्त शरीर र टाउकोको पहिचान भने खुलेको छैन ।

अनुसन्धान थाल्दै प्रहरीले घटनाको वास्तविकता पत्ता लगाउने प्रयास जारी राखेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्