गौशालामा एम्बुलेन्सको ठक्करबाट साइकलयात्रीको मृत्यु



महोत्तरी । महोत्तरीको गौशालामा एम्बुलेन्सको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा गौशाला नगरपालिका वडा नम्बर ११ बस्ने ३५ वर्षीय तेजलाल महतो रहेका छन् ।

गौशालाबाट रामनगरतर्फ जाँदै गरेको महतो सवार साइकललाई सोही दिशाबाट आउँदै गरेको स १ च १३९३ नम्बरको एम्बुलेन्सले पछाडिबाट ठक्कर दिएको थियो ।

गम्भीर घाइते भएका उनलाई उपचारको लागी अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

बुधबार बेलुकी पौने ८ बजे भएको सवारी दुर्घटनामा संलग्न एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्