घोडाघोडीमा पहिलो पटक बि आइ सिटि कक्षा सञ्चालन हुँदै



कैलाली । घोडाघोडी बहुमुखी क्याम्पसमा पहिलो पटक आइ सिटि कक्षा सञ्चालन हुने भएको छ ।

जिल्लाको मध्यवर्ती क्षेत्र घोडाघोडी नगरपालिकास्थित घोडाघोडी बहुमुखी क्याम्पसमा पहिलो पटक बि आइ सिटि कक्षा सञ्चालन हुने भएको हो।

७८/११/०३ को सूचना अनुसार उक्त क्याम्पसमा पहिलो पटक यो कार्यक्रम हुन लागेको हो उक्त सूचना भनिएको छ यसै शैक्षिक सत्र देखि सेमेस्टर प्रणालीमा (BICTE) विषयमा ४० जनाको मात्र सिट रहेको छ, सो कार्यक्रममा भर्ना आवेदन फारम भर्नको लागि ११/१२ मा कम्तीमा द्वितीय श्रेणी वा हुने पर्ने भनी उल्लेख गरिएको छ।

उक्त कार्यक्रमको आवेदन फारम ७८ फागुन १० गते सिङ्गल दस्तुर र ७८ फाखुन ११देखि१५ दोब्बर दस्तुमा आवेदन भर्न सक्ने भनी उक्त क्याम्पसका सहायक क्याम्पस प्रमुख चेतराज बिनाडिले बताउनु भएको हो ।

सोही कार्यक्रममा प्रवेश गर्नका लागि प्रवेश परीक्षा समेत तोकिएको छ । प्रवेश परीक्षा फागुन १८ गते दिउसो ११:०० बजेदेखि हुने भनी सूचनामा उल्लेख छ साथै फागुन ३० गतेदेखि कक्षा समेत सञ्चालन हुने उक्त क्याम्पसका सहायक क्याम्पस प्रमुखले बताउनु भएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्