लहान नगरको माओवादी केन्द्रका सपथ ग्रहण सम्पन्न



सिरहा लहान ७ फाल्गुन – नेपाल कम्युनिस्ट पार्टी  माओवादी केन्द्रले नगर चुनावको करिब दुई महिना पछि लहानमा सम्पूर्ण निर्वाचित पदाअधिकारीहरुलाई सपथ ग्रहण गराएका छन्। केन्द्र देश भरी नै केन्द्र कमिटी,प्रदेश कमिटी, नगरकमिटी,र बाडा कमिटीहरू गठन गर्न निर्देशन दिएका थिए।सिरहाको लहान नगरपालिकामा पुस ३ गते लहान नगरका लागी निर्वाचन गराएका थिए।

लहान स्थित बृहत् कार्यक्रमको आयोजना गरी सपथ ग्रहण गराएका छन्।पार्टीका नवनिर्वाचित नगर अध्यक्ष हेमन्त कुमार यादवको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने प्रमुख अतिथिमा पार्टीको केन्द्रिय स्थाई कमिटी सदस्य तथा मधेस प्रदेशको इन्चार्ज गणेश साह रहनु भएको थियोे।

विशिष्ट अतिथिहरूमा पार्टीका केन्द्रिय सदस्य बिश्वनाथ साह रहेका थिए।अतिथिहरूमा प्रभाव शालीन नेता सुरेन्द्र साह श्रवण कुमार बरबरीया,सिरहा क्षेत्र नम्बर ३ क का प्रदेश सभा सदस्य राम कुमार यादव,केन्द्रिय सदस्य हरि नारायण चौधरी,जगत प्रसाद यादव,पूर्व लहान नगर अध्यक्ष खडक नारायण चौधरी,पार्टीको लहान नगर प्रत्याशी विजय गुप्ता, नेतृ सुधा यादव,युवा नेता अशान्द यादव,बिबेक परियार,जनप्रतिनिधि गणेश चौधरी लहान नगर

कमिटीको  सचिव उमेश साह,सुरेन्द्र यादव,जिल्ला समन्वय सदस्य देव नारायण महतो लगायत हजारौँ नेता कार्यकर्ताहरू कार्यक्रममा सहभागी रहेका थिए।
लहान नगरका सम्पूर्ण निर्वाचित पदाअधिकारीहरु र प्रत्याशीहरूको सहभागिता रहेको थियो।सपथ ग्रहण कार्यक्रम  भव्य रूपमा सम्पन्न भएको आयोजक कमिटीले जनाए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्