मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु



सुर्खेत। सुर्खेतमा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा परी मृत्यु हुनेमा भेरीगंगा नगरपालिका वडा-१० का २० वर्षीय रवीन सिंजाली र सोही ठाउँका १७ वर्षीय योगेश बुढा रहेको प्रहरीले जनाएको छ।

छिन्चुबाट कोहलपुरतर्फ जाँदै गरेको लु ८० प ८४९३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ। शुक्रबार राति करिब साढे दश बजेतिर भेरीगंगा नगरपालिका वडा-४ हर्रे नजिक सडकबाट मोटरसाइकल करिब दुई सय मिटर तल खस्दा चालक र पछि सवार यात्रुको घटनास्थलमै मृत्यु भएको हो।

शुक्रबार राती दुर्घटना भए पनि उनीहरूको शव आज बिहान मात्रै पोस्टमार्टमका लागि मेहेलकुना अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्