नेकपा एस रामेछापकाे ३२ वटा वडामा कमिटी विस्तार



रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत सामाजवादी)ले रामेछापमा सङ्गठन विस्तारलाई अभियानकै रुपमा अगाडी बढाएको छ । नेकपा एकीकृत समाजवादी रामेछापले आठ वटा स्थानीय तहमा रहेको ६४ वटा मध्ये नेकपा (एस)ले यस अवधिमा ३२ वटा भन्दा बढी वडामा वडा कमिटी विस्तार गरेको नेकपा (एस)का पोलिटब्यूरो सदस्य एवं रामेछापका इन्चार्ज देवशंकर पौडेलले जानकारी दिनुभयो ।

इन्चार्ज पौडेलले दिएको जानकारी अनुसार आज खाँडादेवी गाउँपालिकाको पकरवासमा वडा कमिटी विस्तार गरिएको छ । पौडेलले जिल्लामा आठ वटा स्थानीय तहमा रहेको ६४ वटा मध्ये ३२ वटा भन्दा बढी वडामा वडा कमिटी विस्तारको काम गरिसकेको र जिल्लामा पार्टीको उपस्थिति बलियो बनाउने गरी संगठन विस्तारको कामलाई जिल्लाभर अभियानकै रुपमा अगाडि बढाइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्