बालुवाटारमा सत्ता गठबन्धनको एमसीसीबारे निर्णायक बैठक बस्दै



काठमाडौं। प्रतिनिधि सभा बैठकमा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) टेबल गर्नेरनगर्ने बारे सत्ता गठबन्धनको निर्णायक बैठक बस्दै छ।

बैठक आज बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ। गत शुक्रबार सत्ता गठबन्धनबिच सहमति जुटन नसकेपछि थप गृहकार्य गर्ने भन्दै बैठक सारिएको थियो।

एमसीसीका बारेमा निर्णय लिनका लागि यसअघि बोलाईएका दुईवटा बैठक अनिर्णीत भए पछि गठबन्धनको सल्लाह अनुसार आज बैठक बोलाइएको हो। उक्त बैठक पछि एमसीसी कार्यसूचीमा प्रवेश गराउने कि नगराउने निर्णय हुनेछ।

एमसीसी टेबल गर्ने/नगर्ने विषयमा दलहरूबिच सहमति जुटन सकेको छैन। अमेरिकाले एमसीसी अनुमोदन गर्न फागुन १६ सम्मको समय दिएको छ। गठबन्धनको आजको बैठकले एमसीसी टेबल गर्नेरनगर्ने बारे निर्णय लिने बताइएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्