विनोद चन्द्र झा र सञ्जय यादवलाई भव्य बिदाइ  



रौतहट । रौतहटको देवाही गोनही नगरपालिका वडा नं ९ स्थित जय किसान बहुप्राबिधिक शिक्षालयका पूर्व शिक्षालय प्रमुख ई. विनोद चन्द्र झा र सिभिल डिपार्टमेन्टका सञ्जय यादवलाई भव्य बिदाइ गरिएको छ ।

हाल अहिलेका नव शिक्षालय प्रमुख धनोज कुमार यादवले दुवै जनालाई शनिवार एक कार्यक्रमको आयोजना गरी भव्यताका साथ बिदाइ गरेको हो ।

शिक्षालयमा हुँदा दुवै जना राष्ट्रसेवक कर्मचारी भएर जनहितकारी कार्यहरू गरेको स्मरण गर्दै उनका समकक्षीहरूले दुवै जनालाई विधिवत् स सम्मान बिदाइ गरेको हो ।

बिदाइ समारोह कार्यक्रममा सिभिल विभागका प्रमुख ई. नन्द किशोर राय यादवले “विगत पाँच वर्षदेखि शिक्षालयलाई भौतिक तथा शैक्षिक रूपमा र प्रत्येक जुन सुकै अवस्थामा यो शिक्षालयलाई देखेका थिए, त्यहाँबाट भव्यरुपमा विकसित हुँदै आएको हो र हामी बिच अभिभावक बनेर जुन भूमिका निर्वाह गर्नु भएका छन्,त्यो श्रेय चाहिँ पूर्व शिक्षालय प्रमुख झालाई दिन चाहन्छु ।”– भने ।

त्यसै गरी अङ्ग्रेजी विषयका शिक्षक रामानन्द यादवले आँखा भरी आँसु पुछ्दै पूर्व शिक्षालय झाको खुट्टा ढोग्दै दोसाला ओढाई फूल मालाका साथ सम्मान र बिदाइ गरे।

सोही क्रममा नयाँ शिक्षालय प्रमुखका रूपमा ई. धनुज कुमार यादवलाई स्वागत गरेका थिए। ई. विनोद चन्द्र झाको अध्यक्षता तथा ई. धनोज कुमार यादवको प्रमुख आतिथ्यमा आयोजित बिदाइ समारोहमा शिक्षालयमा हुँदा उनीहरूले दिएको योगदानको चर्चा गरिएको थियो ।

त्यसै गरी सम्पूर्ण कार्यक्रमका सञ्चालन कृषि बाली विज्ञान विभागका प्रमुख सुशील नारायण शाहले गर्नुभएका थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्