लहान ५ स्थित जनसमुदायको सहयोगमा मुस्लिम धर्मशाला निर्माण हुने 



सिरहा लहान – सिरहाको लहान नगरपालिका वडा नम्बर ५ स्थित मुस्लिम धर्मशालाको निर्माण हुन् लागेको हो। मनकारीहरूको आर्थिक सहयोगमा उक्त धर्मशाला निर्माण हुन् लागेका हुन।धर्मशालाको लागि १ कठा जग्गा लहान नगरपालिकाले उपलब्ध गराएका छन्।
एक बृहत् कार्यक्रमको आयोजना गरी लहानका मेयर मुनि साह र वडा अध्यक्ष सुले मान मियाँ अन्सारीले धर्मशालाको सिल्यानास गरिएका छन्।वडा अध्यक्ष सुले मान मियाँ अन्सारीको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने प्रमुख अतिथिमा लहान नगरपालिकाको मेयर मुनि साह रहनु भएको थियो ।

विशिष्ट अतिथिमा उपमेयर सरियार चौधरी रहनु भएको थियो।अतिथिहरूमा समाजसेवी भैरव गेलाल, लोकतान्त्रिक समाजवादीका जिल्ला अध्यक्ष मोहम्मद आलम ,लहान नगरपालिकाको प्रवक्ता राज कुमार साह,नेपाल पत्रकार महासङ्घका केन्द्रीय परिषद् सदस्य दिनेश्वर गुप्ता,पत्रकार जिवछ उदासी, फिरोज सिद्धिकी, बिरेन्द्र नेपाल,युवा नेता मो.इसराईल सिद्धिकी लगायत सयौँ अतिथिहरूको सहभागिता रहेको थियो ।

प्रमुख अतिथि साहका अनुसार मुस्लिम धर्मावलम्बीहरूको लागी एउटा अश्याम नै थपिएको छ।कुनै कार्यहरू गर्न र पार्टी सेमिनार,निगाह लगायत धर्मसँग सम्बन्धित कार्यहरू गर्न सह हुने सफलताको शुभकामना दिएका थिए। सबै धर्म सांस्कृतिकका व्यक्तिहरूले हाथोमालो गरेर धर्म शाला निर्माणमा सहयोग गर्न तयार रहेको बताए । उक्त कार्यक्रम उद्घोष पत्रकार फिरोज शेखले जानकारी दिनु भयो । विकासको समृद्धिको लगानी हामी अवाज उठाउनु पर्ने बताए। लहानमा विकास र समृद्धिमा निरन्तर लागिनु पर्ने बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्