खप्तड छान्नाकाे पाटादेवलमा अस्थायी प्रहरी पाेष्टकाे उद्घाटन  



बझाङ । जिल्लाको खप्तड छान्ना गाउँपालिका वडा नम्बर ६ पाटादेवलमा अस्थायी प्रहरी पाेष्टकाे उद्घाटन गरिएको छ ।

खप्तड छान्ना गाउँपालिका वडा नम्बर ६ काे पाटादेवलमा ८३ बर्षिया बृद्ब पूर्ण बहादुर थापाले निःशुल्क जग्गा दान गरेपछि अस्थायी प्रहरी पाेष्टकाे उद्घाटन गरिएको हो । 

आजको कार्यक्रममा गाउँपालिकाको वडा नम्बर ६ का अध्यक्ष तिलक बहादुर खड्काको अध्यक्षतामा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि खप्तड छान्ना गाउँपालिका अध्यक्ष बर्क बहादुर रोकाया विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल डिएसपी ज्ञान बहादुर विष्ट सशस्त्र डिएसपी रा प अ पवन जोशी लगायत नेता समाजसेवी पत्रकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

अस्थायी प्रहरी पाेष्ट पाटादेवलमा भए पछि स्थानीय बासिहरुमा निकै खुसि छाएकाे थियो । कार्यक्रममा अस्थायी प्रहरी पाेष्टलाई स्थायी बनाउन सबैले सहयोग गर्नु पर्ने स्थानीयको भनाइ रहेको छ । यहाँ प्रहरीले पाेष्ट आएसँगै पछि समय शान्ति सुरक्षामा निकै राम्रो भएको र गाउँघरमा हुने झैँ झगडेका अन्त्य भएको स्थानीयहरूको भनाइ रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्