ट्रक पल्टिदा च्यापिएर डियुटीमा खटिएका प्रहरीको मृत्यु



काठमाडौँ । बाँकेको कोहलपुर नगरपालिका-११ कोहलपुर चौराहमा ट्रक पल्टिदा च्यापिएर डियुटीमा खटिएका प्रहरी कर्मचारीको मृत्यु भएको छ । 

जिल्लाको कोहलपुर नगरपालिका–११, कोहलपुर चौराहमा गए राति प्रहरीचौकी खडैचा दरबन्दी भई हाल इलाका प्रहरी कार्यालय बाँकेमा कार्यरत ३६ वर्षीय प्रहरीजवान कविता बीसीको मृत्यु भएको हो ।

शमशेरगञ्जबाट कौशिलानगर बाँकेतर्फ जाँदै गरेको ना३ख ६४३६ नम्बरको ट्रक, कोहलपुर चौराहमा मोड्ने क्रममा एक्कासि पल्टिदा विसी च्यापिएकी थिइन् । घाइते भएकी उनको उपचारको क्रममा  मृत्यु भएको हो ।

उनको उपचारका क्रममा कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेजमा आइतबार राति सवा १० बजे मृत्यु भएको हो । सवारी दुर्घटना लगतै फरार भएका ट्रक चालकको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्