दाङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालक अर्जुन खड्काको मृत्यु



दाङ । दाङको लमही-तुलसीपुर सडक खण्डमा ट्रकको ठक्करबाट सोमबार बिहान मोटरसाइकल चालकको मुत्यु भएको छ ।

घोराही उपमहानगरपालिका–३ भानुचोक नजिकै लमहीतर्फ जाँदै गरेको प्रदेश नं. १ ०२००१ ख ९४०४ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको रा २ प ८९२४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

त्यस क्रममा चालक १९ वर्षीय अर्जुन खड्काको घटनास्थलमा मुत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  घटनापछि मृतकका परिवारले लमही–घोराही सडकखण्ड अवरुद्ध गरेका छन् ।

ट्रकचालक रिरेन्द्रकुमार पूर्वेलाई नियन्त्रणमा लिएका प्रहरीले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्