जिल्ला प्रशासन मार्फत बिस्ना बादीलाई बल्याङकेट हस्तान्तरण 



बझाङ । जिल्ला प्रशासन कार्यालय बझाङ मार्फत बिस्ना बादीलाई बल्याङकेट हस्तान्तरण गरेको छ ।

जिल्लाको थलारा गाउँपालिका घर भएकी बिस्ना देवी बादी विगत १०/१२ वर्ष अगाडि देखि केदारस्यू गाउँपालिकाको झाेतामा बसोबास गर्दै आउनु भएको थियो । बिस्ना विगत देखि चुहिने टिनको छानो भित्र बस्दै आइरहनु भएको छ । अर्काको जग्गामा बसोबास गर्दै आउनु भएकी उहाँले  केही समय अगाडि पत्रकार उत्तमकुमार थापालाई चिसो भएको गुनासो गर्नु भयो, यस विषयमा न्युज प्रसारण भए सँगै प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले जिल्ला प्रशासनको सहयोगमा २ वटा बल्याङकेट हस्तान्तरण गर्नु भएको छ ।

बिष्णा विगत देखि दुखी दिन कटाउँदै आउनु भएको छन् । यसरी सहयोग गर्नुभएको भन्दै जिल्ला प्रशासन परिवारलाई धेरै धेरै धन्यवाद भन्नू भयो , उहाँको अर्को दुखेसाे छ । चुने घरको छानाेमा कसैले टिनको टहरा हालिदिए धेरै राम्रो हुन्थ्यो । जिल्ला प्रशासन कार्यालयले सहयोग गर्नुभएको बल्याङकेट पत्रकार उत्तमकुमार थापाले हस्तान्तरण गर्नु भएको हो । यसरी सहयोग पाएपछि बिस्ना खुसीले गदगद हुनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्