राष्ट्रिय युवा सङ्घ नेपाल केदारस्यु गाउँपालिकाको प्रथम पालीका अधिवेशन उद्घाटन 



बझाङ ।  राष्ट्रिय युवा सङ्घ नेपालको केदारस्यू गाउँपालिकाको प्रथम अधिवेशनको उद्घाटन भएको छ ।

बझाङ जिल्लाको केदारस्यू गाउँपालिका वडा नम्बर एक नजिकै रहेको स्थानमा आज एक कार्यक्रमका बिच युवा सङ्घको प्रथम अधिवेशनको उद्घाटन गरिएको हो ।

आज उद्घाटन गरिएको कार्यक्रममा नेकपा एमाले केदारस्यू गाउँपालिका गाउँ कमिटी अध्यक्ष लाेकेश भण्डारीको अध्यक्षतामा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि एमाले केन्द्रीय सदस्य तथा बझाङ जिल्ला इन्चार्ज ऐन महर विशिष्ट अतिथि एमाले प्रदेश कमिटी सदस्य दिल बहादुर भण्डारी जिल्ला अध्यक्ष दमन भण्डारी गोरख भण्डारी पदम धामी प्रेम मल्ल दुर्गाथली प्रवक्ता महेश जोशी लगायत नेता कार्यक्रताहरुकाे उल्लेख्य उपस्थिति रहेको थियो ।

नेकपा एमाले आबद्ध राष्ट्रिय युवा सँगको प्रथम अधिवेशनमा बोल्दै युवा नेता महरले भन्नू भयो, अहिले नेपालमा एमाले अगाडि बढ्दै गएको भन्दै सबै सुर्य चिन्नमा भोट हाल्न अनुरोध गर्नु भएको छ । उहाँले भने हामी सँग भएका कसिङ्गरहरू हराउँदै गएको बताउँदै नेकपा एमाले सशक्त अगाडि बढेको महरकाे भनाइ छ । प्रथम अधिवेशनले नया नेतृत्व चयन हुने भन्दै कार्यक्रम सञ्चालन माेतिराम खत्रीले गर्नु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्