रामेछापको उमाकुण्ड गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृत नहुँदा नियमित सेवा प्रवाह गर्न समस्या



रामेछाप । रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिकालाई नियमित सेवा प्रवाह गर्न समस्या भएको छ ।

गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृत नहुँदा स्वास्थ्य शाखा प्रमुखलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर काम गर्दै आएको पालिकामा स्वास्थ्य शाखा प्रमुखको पनि जिम्मेवारी खोसिएपछि प्रमुख प्रशासकीय अधिकृत विहीन भएको हो ।

उमाकुण्ड गाउँपालिकाका लेखापाल पनि अन्यत्र सरुवा भएपछि गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृत दुवै प्रमुख जिम्मेवार कर्मचारी नभएपछि उमाकुण्ड गाउँपालिकाले छिमेकी गाउँपालिकाका गोकुलगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतको सहायता लिएर काम गरिरहेको छ ।

गोकुलगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद सुवेदी र लेखा अधिकृत राजनप्रसाद गुरागाईँले उमाकुण्ड गाउँपालिकाको समेत जिम्मेवारी लिई दुई वटा गाउँपालिकाको काम गरिरहनुभएको छ ।

उमाकुण्ड गाउँपालिकाकाकाका योजना सम्झौता, भुक्तानी लगायतका कामको चाप हुने बेलामा दुई महत्त्वपूर्ण कर्मचारी नहुँदा पालिकालाई नियमित सेवा प्रवाहमा समस्या भएको गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले बताउनुभयो । उहाँले भन्नू भयोप्रशासकीय अधिकृत र लेखा अधिकृत पठाइदिन बारम्बार मन्त्रालयमा भनेको भए पनि हालसम्म नपठाएको बताउनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्