मातृ भाषाको संरक्षण, प्रर्वद्वन गर्नु सबै भाषासेवीको कर्तव्य हाे : महासचिव डंगाेल




काठमाडौँ । ऐतिहासिक नगरी टोखा नगरपालिकामा अव नेपाल भाषा विषय समावेश हुने भएको छ । टोखा नगरपालिकाको वडा नं. २ र ३  मा  नेपालभाषा विषय  समावेश गराउनका लागि वडा नं ३ को सभाहलमा नेपाल भाषा शिक्षक प्रशिक्षण शिक्षक प्रशिक्षण फागुन ८ गतेबाट सुरू भएको छ ।

करिब पाँच दिनसम्म चल्ने नेपाल भाषा शिक्षण प्रशिक्षण शिक्षा युवा तथा खेल शाखा टोखा नगरपालिकाको आयोजना र मातृभाषा संरक्षण अभियान तोखाको प्राविधिक सहकार्य, शिक्षक प्रशिक्षण,  प्रमुख अतिथि  टोखा नगरपालिकाका उप प्रमुख ज्ञानमाया डंगोल लगायतले संयुक्त रूपमा  उद्घाटन गरेका थिए ।

कार्यक्रममा मातृभाषा संरक्षण अभियान तोखाका अध्यक्ष श्रीकृष्ण मानन्धर, टोखा नगरपालिका वडा २ का अध्यक्ष दिपक राज जोशी, टोखा नगरपालिका वडा नं ३ का सदस्य हरिमान श्रेष्ठ टोखा नगरपालिकाका शिक्षा शाखा प्रमुख बाबुराम गौतम लगायतले नेपाल भाषाको महत्त्वबारे धारणा राख्दै शुभकामना व्यक्त गरे ।

काठमाडौँ महानगरपालिकाका शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदीले  नेपाल भाषा शिक्षक १ सय ७२  जनाकाे  शिक्षक सेवा करारअन्तर्गत नियुक्त गरेर प्रत्येक वर्ष समयावधि थपि गरिने जनाउँदै शिक्षक नियुक्ति गर्ने तयारी गरिसकेको जनाए ।

टोखा नगर उप प्रमुख ज्ञानमाया डंगोलले टोखा नगरपालिका वडा २ र ३ मा सम्पदा संरक्षण गर्ने अभियानका लागि स्थानीय नेपाल  पाठ्यक्रम समावेश गर्ने  निर्णय  पश्चात  नगरसभाबाट सर्वसम्मत पारित गरेकाे जानकारी दिँदै उनले थप्दै भनिन्   नेपाल भाषा नेवार समुदायको भाषा हो एउटा जातिको मात्रै भाषा हो भनेर सम्झिएर मनन गर्दा यो सोचबाट हामीले परिवर्तन गर्नुपर्ने धारणा राखिन् ।

कार्यक्रममा नेवाः विद्यार्थी युनियनका महसचिव प्रशान्त डंगोलले नेवाः विद्यार्थी युनियनको संयुक्त पहलमा वि।स। २०७३ सालमा आफूहरूले काठमाडौँको रत्न राज्य लक्ष्मी क्याम्पसमा बि।ए। तहमा नेपाल भाषा पुर्नस्थापना अभियान हुँदै काठमाडौँ महानगरपालिका, कीर्तिपुर नगरपालिका हुँदै तोखा नगरपालिकामा समेत स्थानीय सरकारको संयुक्त, विशेष पहलमा टोखा नगरपालिकामा पनि स्थानीय भाषाको रुपमा पढाइ शुरू गर्वको विषय भएको जनाए ।  आफूहरूको लामो संघर्ष पश्चात रत्नराज्य लक्ष्मी क्याम्पसमा एम. तहमा मास्तर्सको पढाइ जारी भइरहेकाे जनाउँदै नेपाल बि.ए. तहमा नेपालभाषा बिषयको भर्ना लिइरहेकाले भर्ना हुनका लागि विशेष अनुरोध गर्दै मातृभाषाको सेवा गरी संरक्षण, प्रर्वद्वन गर्नु सबै भाषासेवीको कर्तव्य रहेको जनाए ।

नेवाः अभियन्ता कृतन श्रेष्ठले सञ्चालन गर्नुभएको कार्यक्रममा टोखा नगरपालिकाका शिक्षा युवा तथा खेल शाखा प्रमुख खगेन्द्र सिंह धामी, नेवाः वस्ती नेवाः स्कुल अभियानका संयोजक दिपक तुलाधर, टोखा नगरपालिकाका कानुनी सल्लाहकार बेखा नारायण डंगोल, टोखा नगरपालिका वडा २ का अध्यक्ष दिपक राज जोशी, टोखा नगरपालिका वडा नं ३ का सदस्य हरिमान श्रेष्ठ र सृजना आचार्य समेतले उपस्थिति जनाएका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्