मानसिक स्वास्थ्य तथा मनोसामाजिक अवस्था बारे अन्तरक्रिया 



चौमाला । कैलालीको गौरीगङ्गा नगरपालिकामा टिपिओ नेपालको आयोजनामा मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोगलाई स्थानीय स्तरमा समाहित गर्ने विषयमा एक दिवसिय अन्तर्क्रिया कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।

टिपिओ विष्ट नेपाल नेपालको कार्यक्षेत्र रहेको गौरीगङ्गा नगरपालिकामा मनोसामाजिक अवस्था ,कार्य अनुभव र सम्भावित कार्य योजना ,नेपालमा मानसिक स्वास्थ्य सेवाको अवस्था लगायतका विषयमा छलफल गरिएको टिपिओ नेपालका मनोपरामर्सदाता दिनेस भट्टराईले जानकारी दिनुभयो । 

टिपिओ नेपालका पीताम्बर कोइराला र टिपिओ नेपालका कार्यकारी निर्देशक डा.कमल गौतमले सहजीकरण गर्नुभएको कार्यक्रममा गौरीगङ्गा नगरपालिकाका प्रमुख भीम बहादुर देउवा ,प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्ट ,विभिन्न वडाका वडा अध्यक्ष तथा पालिकाको विभिन्न शाखाका प्रमुख र सरोकारवालाको सहभागिता रहेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्