श्रीलंकाविरुद्ध खेल्दै भारत, यी खेलाडीले पाउन सक्छन् मौका



काठमाडौं । भारतीय क्रिकेट टिम आज श्रीलंकासँगको तीन खेलको टी-२० सिरिजको पहिलो खेल खेल्दैछ। यी दुई टिमबीचको खेल नेपाली समय अनुसार साँझ ७.१५ देखि सुरु हुनेछ।

भारतका महत्त्वपूर्ण खेलाडी सूर्यकुमार यादव र दीपक चाहर चोटका कारण श्रीलंकासँगको सिरिजबाट बाहिर भइसकेका छन्। उनको स्थानमा प्लेइङ-११ मा आज युवा खेलाडीले मौका पाउने सम्भावना छ ।

वेष्ट इण्डिजसँगको टी-२० सिरिजको अन्तिम खेलमा भारतीय कप्तान रोहित शर्माले आफ्नो स्थानमा ईशान किन र ऋतुराज गायक वाडलाई ओपनिङमा पठाएका थिए। त्यस्तै, आजको खेलमा पनि यो जोडीले ओपनिङकाे जिम्मा पाउने सम्भावना छ।

श्रीलंकासँगको टी-२० सिरिजका लागि विराट कोहली र ऋषभ पन्तले पहिले नै विश्राम पाइसकेका छन्। वैंकटेश अय्यर र सूर्यकुमार यादवले वेष्ट इण्डिजसँगको मध्ये क्रमलाई सम्हालेका थिए। त्यस्तै, आज श्रेयसले पनि सूर्याजस्तै श्रीलंकाविरुद्ध भारतको मध्यक्रम सम्हाल्ने छन्।

अलराउन्डर रविन्द्र जडेजा पूर्ण रूपमा फिट भइसकेका छन्। त्यस्तै, भारतका उपकप्तान जसप्रीत बुमराह पनि श्रीलंकासँगको सिरिजमा फर्किएका छन्। उनबाहेक भुवनेश्वर कुमार र हर्ष पटेल युजवेन्द्र चहलले आजको खेल खेल्ने सम्भावना छ।

भारतको सम्भावित प्लेइङ-११ : रोहित शर्मा (कप्तान), ऋतुराज गायकवाड, इशान किशन, श्रेयस अय्यर, सञ्जु सामसन, वैंकटेश अय्यर, रविन्द्र जडेजा, युजवेन्द्र चहल, हर्षल पटेल, भुवनेश्वर कुमार, जसप्रित बुमराह।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्