ए’ डिभिजन लिग : अन्तिम खेलमा सातदोबाटोको जित, शेर्पा र फ्रेन्ड्सको बराबरी



काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आजदेखि सुरु भएको अन्तिम चरणका सुरुवाती दुई खेल मध्ये नवप्रवेशी सातदोबाटो युथ क्लबले जित हात पार्दा हिमालयन शेर्पा र फ्रेन्ड्सले १-१ गोलको बराबरी खेलेका छन्।

सातदोबाटोले एन्फा कम्प्लेक्समा भएको खेलमा च्यासल युथ क्लबलाई १-० गोलले पराजित गर्‍यो। सातदोबाटोको जितमा अजायी मार्टिन्सले खेलको छैटौं मिनेटमा गोल गरे। जितसँगै सातदोबाटो अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ।

सातदोबाटोले अन्तिम खेलसँगै २१ अंक जोडेको छ। उपाधि जितिसकेको शीर्ष स्थानको मछिन्द्र फुटबल क्लबको ३२ अंक छ भने दोस्रो स्थानको त्रिभुवन आर्मी क्लबको २२ अंक छ। यता रेलिगेसनमा परेको च्यासल अन्तिम स्थानमा रहदा ६ अंक मात्र जोड्न सफल भयो।

यता दशरथ रंगशालामा भएको खेलमा हिमालयन शेर्पा क्लब र फ्रेन्ड्स क्लबले १-१ गोलको बराबरी खेलेका छन्। खेलको ७४ मिनेटमा फ्रेन्ड्सले आत्मघाती गोलबाट अग्रता लिएको थियो। फिक्रिक बलमा हिमालयन शेर्पाका दिवस उरावले हेड गर्दा आफ्नै पोस्टमा बल छिरेको थियो।

खेल सकिन एक मिनेट बाँकी छदा शेर्पाका विशन गुरुङले बराबरी गोल फर्काएका थिए। यससँगै रेलिगेसनबाट जोगिएको फ्रेन्ड्सले १२औं स्थानमा लिग सक्ने क्रममा ११ अंक जोड्यो। शेर्पा १४ अंक जोड्दै नवौं स्थानमा रह्यो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्