नेपाल;ओमानविरुद्ध टस हारेर बलिङ गर्दै




काठमाडौं । आईसीआईसीसी टी-२० विश्वकप छनोट ‘ए’ को तेस्रो स्थानको लागि हुन लागेको खेलमा ओमानले टस जितेर पहिला ब्याटिङ रोजेको छ। नेपालले तेस्रो स्थानका लागि घरेलु टोली ओमानको सामना गर्न लागेको हो।

नेपालले आजको खेलमा टिममा एक खेलाडी परिवर्तन गरेको छ । तीव्र गतिका बलर जितेन्द्र मुखियालाई विश्राम दिँदै नेपालले सागर ढकाललाई मौका दिएको हो। यसपालि विश्वकपमा छनोट हुन नसकेर नेपाल र ओमानको टोली निराश छन् ।

जारी प्रतियोगिताको समूह चरणमा नेपालले ओमानलाई ३९ रनले हराएको थियो। त्यस्तै, दोस्रोमा नेपालले फिलिपिन्सलाई १३६ रन र तेस्रो खेलमा क्यानडालाई ८ विकेटले पराजित गर्दै समूह विजेताको रूपमा सेमिफाइनलमा प्रवेश गरेको थियो।

तर, नेपालले सेमिफाइनलमा यूएईसँग ६८ रनले हार बेहोर्दै फाइनल पुग्न असफल भयो। नेपालकै समूहमा रहेको घरेलु टिम ओमानले क्यानडा र फिलिपिन्सलाई हराउँदै सेमिफाइनलको यात्रा तय गरेको थियो।

नेपालको प्लेइङ-११ : कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, लोकेश बम, आरिफ शेख, कमलसिंह ऐरी, सागर ढकाल, अविनाश बोहरा, सन्दीप लामिछाने (कप्तान) र विवेकुमार यादव।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्