ए’ डिभिजन लिग : थ्रीस्टार छैटौं स्थानमा सीमित




काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा थ्रीस्टार क्लब छैटौं स्थानमा सीमित रहेको छ। अन्तिम खेल ब्रिगेड ब्वाइजसँग बराबरीमा रोकिएसँगै थ्रीस्टार छैटौं स्थानमा सीमित रहेको हो। एन्फा कम्प्लेक्समा भएको खेलमा दोस्रो हाफको इन्जुरी टाइममा दोना थापाले गोल गरेपछि थ्रीस्टारले १-१ गोलको बराबरी खेलेको हो।

त्यसअघि, ब्रिगेडका अन्जन महर्जनले ५६ मिनेटमा गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए। योसँगै लिगको सबै खेल खेलेको थ्रीस्टारले सिजनमा छैटौं स्थानमा सीमित रहने क्रममा १३ खेल खेल्दा १९ अंक जोडेको छ। रेलिगेसनमा परेको ब्रिगेड ८ अंकका साथ तालिकाको १३ औँ स्थानमा सिमित रह्यो।

दशरथ रंगशालामा शुक्रबार भएको दोस्रो खेलमा जावलाखेल युथ क्लब र संकटाले १-१ गोलको बराबरी खेलेका छन्।
खेलको १४ औँ मिनेटमा सुनील खड्काले गोल गर्दै जावलाखेलका सुरुवाती अग्रता दिलाएका थिए। पछिसंकटाका लागि उत्तम राईले ६१ मिनेटमा बराबरी गोल फर्काएका थिए।

सिजनमा संकटा सातौं स्थानभन्दा माथि जान नसक्ने भएको छ। उसले १६ अंक जोडेको छ। आठौं स्थानको एपिएफको १५ अंक छ। त्यसपछि संकटाको स्थान पक्का हुनेछ। यता जावलाखेल भने १० औं स्थानमा सीमित बन्ने सम्भावना छ। उसले १३ खेलबाट १४ अंक जोडेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्