युक्रेनमाथि आक्रमण गरेपछि च्याम्पियन्स लिगको फाइनल रूसमा नहुने




काठमाडौं । युरोपियन फुटबल महासंघले यूइएफए च्याम्पियन्स लिग २०२२ को फाइनल खेल रूसमा नगर्ने जनाएको छ।रूसले युक्रेनमाथि आक्रमण गरेको दोस्रो दिन महासंघले रूसको सेन्ट पिटर्सवर्गमा हुने फाइनल सारेको हो।

शुक्रबार बसेको युरोपियन फुटबलको सर्वोच्न निकायको आकस्मिक बैठकले रूसमा गर्ने भनिएको फाइनल अन्तै सार्ने निर्णय गरेको हो। अब च्याम्पियन्स लिगको फाइनल फ्रान्सको पेरिसमा गर्ने प्रस्ताव गरिएको छ।

फाइनल २८ मेमा सेन्ट पिटर्सवर्गको गाज्प्रोम एरेनमा हुने तय थियो। यता रूस र युक्रेनको विश्वकप छनोटको प्लेअफ पनि अन्योलमा परेको छ। फिफाले मार्चमा हुने खेलको विषयमा चाडै निर्णय गर्ने बताएको छ। रसियाले मार्च २४ मा पोल्यान्डसँग खेल्ने तय छ। यस्तै स्कटल्यान्ड र युक्रनबीच सोही दिन खेल हुनेछ।

Tagsच्याम्पियन्स लिग

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्