२११ देशको झण्डा सगरमाथा पुर्‍याउने घोषणा



काठमाडौं, ११ फागुन। फिफा विश्वकप ट्रलीको (रिपब्लिक) र फिफा सदस्य २११ वटा राष्ट्रहरूको झन्डा विश्वको सर्वोच्च शिखर सगरमाथालगायत सात महादेशका अग्ला शिखरहरूमा पुर्‍याउने अभियानको आज शुभारम्भ भएको छ।

बुधबार रिपोर्टर क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै ट्रली र झन्डा सगरमाथा आरोही नर बिन मगरले विश्वको सर्वोच्च शिखर सगरमाथा लगायत सात महादेशका अग्ला शिखरहरूमा फु¥आउने जानकारी दिएका हुन्। सुभेन समिट फर फिफा वल्र्डकप २०२२ नाम दिएर अभियानको थालनी गरिएको अभियानले जानकारी दिएको छ। अभियानले हिमालहरुको आरोहणपछि उक्त ट्रली, झन्डा साथै आरोहणका क्रममा उपयोग भएका सामाग्रीहरु फिफा वल्र्ड कप २०२२ को आयोजक राष्ट्र कतारलाई हस्तान्तरण गर्ने लक्ष्य लिएको छ।

सगरमाथा आरोही नर बिन मगरले फिफा विश्वकप ट्रलीको (रिपब्लिक) र २ सय वटा देशको झन्डालाई सगरमाथा लगायत ७ वटा महादेशको हिमशिखरमा पुर्‍याउने अठोटका साथ आफू अघि बढेको बताए। उनले कोभिड–१९ ले खेलकुद, अर्थतन्त्र र पर्यटनलाई डामाडोल बनाएको अवस्थामा तीन क्षेत्रलाई आफ्नो अभियानले फाइदा पुग्ने विश्वास व्यक्त गरे। आरोही मगरले आफूले विश्वको सबैभन्दा धेरै मानिसहरूको ध्यान फुटबलमा रहेको पत्ता लगाएर विश्व शान्तिको लागि नेपालको तर्फबाट आफूले प्रतिनिधित्व गर्न लागेको सुनाए। आफूले नेपालमा पर्यटन सम्बन्धी धेरै विषयको कोर्स पुरा गरेको भन्दै ४ देशका महादेशको हिमाल चढी सकेको उनले बताए।

‘आगामी दिनमा नेपालको प्रतिनिधित्व गर्दै विश्वसामु पुग्दै छु सबैले आफ्नो ठाउँबाट मलाई र हाम्रो अभियानलाई साथ र सहयोग दिनुहोला’– उनले भने। हिमाल चढ्न आफूलाई राम्रो जानकारी भएको पनि उनले बताए। उनले एसिया, अफ्रिका महादेश, युरोप, अन्र्टाकटिका,उत्तर अमेरिका, दक्षिण अमेरिका र अष्ट्रेलियाको उच्च शिखरमा पुग्ने बताए।

अभियान समितिका संयोजक श्याम राना मगरले प्रेश विज्ञप्ति पढेर सुनाएका थिए।

नेपाल पत्रकार महासंघ सोलुखुम्बुका अध्यक्ष नुतन श्रेष्ठले नबिन मगरले सुरु गरेको अभियान र लिएको लक्ष्यलाई सफलताको शुभकामना दिए। फिफा वल्डकपको ट्रली सबैको गर्वको कुरा भएको भन्दै उनले कतारमा हुने २०२२ मा बल्डकपमा पुगेर झन्डालगायत सबै सामाग्री हस्तान्तरण गर्ने पनि बताए। श्रेष्ठले आगामी दिनमा अभियानको लागि आफू र आफ्नो सङ्गठन पनि अभियानलाई सहयोग गर्न तयार रहेको प्रतिविद्धतासमेत व्यक्त गरे। फिफामा सबै देशका झन्डा बोकेर विश्वको सर्वोच्च शिखरमा चढ्ने चानचुने कुरा नभएको उनले धारणा राखे।

कार्यक्रममा बोल्दै थु लङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईले सगरमाथा सोलुखुम्बुको मात्र नभएर नेपालकै गर्वको कुरा भएको बताए। नेपालको सर्वोच्च सगरमाथा संसारकै बहुमूल्य सम्पत्ति भएको उनको भनाइ थियो। उनले भने,‘विदेशमा नेपालको सर्वोच्च सगरमाथा हुन्थ्यो भने धेरै तरिकाबाट आर्थिक लाभ लिने थिए।’ सोलुमा राजनीति गर्नेहरूले सगरमाथालाई हिराको रूपमा बुझ्नुपर्ने उनको भनाइ थियो। सगरमाथाको जति प्रचारप्रसार हुनुपर्ने हो त्यो हुन नसकेको उनले स्वीकार गरे। सगरमाथा जाने अथवा बेसक्याम्पसम्म पुग्ने बाटो पिच हुनुपर्ने आवश्यकता भए पनि सरकारले त्यसलाई चासो दिन पर्नेमा उनले जोड दिए। ‘सगरमाथा नेपालको सम्पत्ति हो भन्दै त्यसको रक्षा गर्नपर्छ’ उनले भने।

त्यस्तै, सांसद होमकुमार राईले खेल क्षेत्र र पर्यटनलाई प्रवर्धन गर्ने यो अभियानलाई सबैले सहयोग गर्न पर्ने बताए। उनले भने, ‘नर बिन मगरले गरेको उत्साह, साहसको साथ सुरु गरेको अभियानले देशकै प्रतिनिधित्व गर्नेछ।’ संसारको सबैभन्दा धेरै मानिसहरूले फुटबल खेललाई रुचाउने भन्दै नेपालको पर्यटनको उत्थानको लागि अभियानको सुरुवात भएको राईले जिकिर गरे।

सांसद राईले मगरको अत्यन्तै ठुलो महत्त्वपूर्ण र महत्त्वाकाङ्क्षी अभियान भएको भन्दै संसारलाई संसारभर चिनाउने, खेल क्षेत्र र पर्यटन क्षेत्रलाई प्रवर्द्धन गर्नेमा विश्वस्त भएको सुनाए। उनले अमेरिकी सहयोग परियोजना एमसीसीलाई राष्ट्रघाती भन्दै आफूहरुले असफल बनाउने पनि जिकिर गरे।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्