सिराहाको विष्णुपुर गाउँपालिकामा नेकपा एमालेद्वारा ज्येष्ठ नागरिकलाई सम्मान 



सिराहा लहान १५ फाल्गुन – सिराहाको विष्णुपुर गाउँपालिकामा नेकपा एमालेद्वारा ज्येष्ठ नागरिक सम्मान तथा ८ औँ वडा अधिवेशन सम्पन्न गरिएका छन्।
हाम्रो पार्टीले देशमा गरिबी हटाउन चाहन्छौ र विश्वको सबै देशहरू हाम्रो मित्र राष्ट्र नै हो।वृद्ध वृद्धा ज्येष्ठ नागरिक तथा गरिब सुकुम्बासीहरुलाई रक्षा गर्ने र सहारा गर्ने पार्टी नेपाल कम्युनिस्ट नेकपा एमाले नै रहेको पूर्व नागरिक उडयान मन्त्री तथा पार्टीका केन्द्रिय सदस्य सचिवले बताए।

हरेक गाउँपालिकामा शिक्षा स्वास्थ्य तथा युवाहरूलाई स्वरोजगारको ग्यारेन्टी समेत एमाले पार्टीको जिम्मेवारी रहेको बताए। ज्येष्ठ नागरिकहरूलाई भत्ता दिने कार्यक्रम एमाले सरकारको पालामा भएको उनले प्रस्ट पार्नु भयो। एमाले पार्टी तराईलाई अन्नको भण्डार तिर उन्मुख गर्न जान्छ। तराईलाई हरियाली वातावरण बनाउन लागेका हुन्।एमाले पार्टी नै विकास शिलपार्टी रहेको युवा नेता सरोज कुमार यादवले जानकारी दिनु भयो।

उक्त कार्यक्रममा हजारौँ ज्येष्ठ नागरिकहरूलाई सम्मान गरेका हुन।आउने एमालेको सरकारले नै तराई मध्येसलाई समृद्धि ल्याउने बताए।कार्यक्रममा हजारौँ वृद्ध वृद्धाहरूको सहभागिता रहेको आयोजक समितिले जानकारी दिनु भयो।
मधेसी जनताको हक अधिकारको लागी अवाज उठाउने पार्टी रहेको बताए। देशमा गरिबीको रेखा मुनी रहेको जनता उकास्न सरकार र सबै नेपालीको दायित्व रहेको बताए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्