हिन्दु युवा शक्ति कपिलवस्तुले उदाहरणीय काम गर्दै छ : वरिष्ठ उपाध्यक्ष विजय प्रसाद निसाद (फाेटाे सहित )



महाराजगन्ज । कपिलवस्तु जिल्ला भित्र रहेर हिन्दु युवा शक्ति कपिलवस्तुले गौशाला निर्माण जस्तो महान् कार्य गरिएको नेपाल विश्व हिन्दु महासङ्घ का वरिष्ठ उपाध्यक्ष विजय प्रसाद निसाद ले भन्नू भएको छ ।

बुद्धभुमि नगरपालिका वडा नं ७ भित्र निर्माण भइरहेको गौशाला को अनुगमन कार्यक्रममा नेपाल विश्व हिन्दु महासङ्घ का केन्द्रीय वरिष्ठ उपाध्यक्ष विजय प्रकाश निषाद ले भने कि यहाँ का हिन्दु सङ्गठन हरू मिलेर गौशाला निर्माण जस्तो महान् कार्य गरिरहेको प्रति मा धन्यवाद दिन चाहन्छु । यो गौशाला निर्माण को लागि म केन्द्रीय वरिष्ठ उपाध्यक्ष को हैसियतले स्थानीय , प्रदेश र केन्द्र सरकार मा मलाई के सहयोग गर्नु पर्छ म गर्न को लागि प्रतिबद्धता दिइएको छु ।  गौशाला निर्माणको लागि बुद्धभुमि नगरपालिका वडा नं ७ वडा कार्यालय बाट सिफारिस सुनेको छु कि सिफारिस दि रहनु भएको छैन । अाखिर किन यस्तो काम वडा अध्यक्षले गरिरहेका छन् ।

हिन्दु युवा शक्ति कपिलवस्तु का अध्यक्ष फागुराम पाण्डेयले भने कि वडा कार्यालय मा सिफारिस लिन गएको थिए तर वडा अध्यक्षले सिफारिस दिएनन् । अाखिर पूरा प्रक्रिया र कागजपत्र पूरा गरेका छौ त पनि दिइरहेको छैनन् । हाम्रो हिन्दु समाजमा एकता छैन नेता हरू लाई हिन्दु धर्म को कुनै चिन्ता छैन। त्यही भएर हिन्दुलाई धर्मको काम गर्न को लागि अनेक समस्या गरिएको पाइन्छ । हाम्रो सङ्गठनले एक चोटि अरू वडा अध्यक्ष संग सिफारिस दिन को लागि अनुरोध गर्छ । अनि सिफारिस मिलेन भने अन्दाेलन को तयारी गर्छाैं ।

अनुगमन कार्यक्रममा  नेपाल विश्व हिन्दु महासङ्घ क केन्द्रिय वरिष्ठ उपाध्यक्ष एवम सङ्गठन विभाग प्रमुख श्री विजय प्रकाश निषाद , लुम्बिनी प्रदेश अध्यक्ष श्री निरञ्जन यादव , कोषाध्यक्ष श्रीमती द्रौपदा बुढाथोकी , सदस्य श्री डा. राजेश यादव , सदस्य श्री सुक्देव प्रसाद यादव लगायत प्रदेश तथा जिल्ला नगर पदाधिकारी  , महाकाल समाजिक संस्था कपिलवस्तु का अध्यक्ष धर्मराज विश्वकर्मा लगायत अन्य व्यक्तिहरूले मन्तव्य राखे अन्य व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्