नवलपरासी प्रहरीद्धरा ९ लाख बढीको अबैध स्याउ नियन्त्रणमा, अनुसन्धानका लागि बुटवल पठायो ।



१५ फागुन;नवलपरासी पश्चिममा प्रहरीले ९ लाख ३२ हजार ९ सय ५० मूल्य बराबरको अवैध स्याउ नियन्त्रणमा लिएको छ ।
शनिवार प्रतापपुर गाउँपालिका वडा नं २ गोपीगंज स्थितबाट दक्षिणतर्फ जादै गरेको लु १ ख ९८१७ नम्बरको ट्रकलाई चेकजाँच गर्ने क्रममा उक्त ट्रकमा ३९७ कार्टुन ७९४० केजी अवैध स्याउ  इलाका प्रहरी कार्यालय सेमरीबाट प्रहरी नायब निरीक्षक सहित र

सशस्त्र प्रहरी निरीक्षक सहित खटिएको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएको स्याउ सहित ट्रकलाई आवश्यक कार्यवाहीको लागी राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रवक्ता प्रेम बहादुर शाही जानकारी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्