काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतब तीनवटा वाणिज्य बैंकको बोनस सेयर सूचिकृत भएको छ। स्टकका अनुसार कृषि विकास बैंक लिमिटेडको २० प्रतिशत बोनस बापतको २ करोड १९ लाख ७९ हजार ८ सय ५९ दशमलव ६०४५ कित्ता सेयर सूचिकृत भएको हो।
यस्तै, प्राइम कमर्सियल बैंक लिमिटेडको १६ प्रतिशत बोनस बापतको २ करोड ५७ लाख ३२ हजार ८ सय ५९ दशमलव ०४ कित्ता सेयर सूचिकृत भएको हो।
त्यसैगरी, सिद्धार्थ बैंक लिमिटेडको १४.२५ प्रतिशत बोनस बापतको एक करोड ५६ लाख २१ हजार २ सय ७६ दशमलव ३६ कित्ता सेयर सूचिकृत भएको हो।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।