सिरहामा ट्राफिक प्रहरीको चेकिङ्गमा निरन्तरता




सिरहा लहान १६ फाल्गुन -सिरहामा ट्राफिक प्रहरीले पुर्व पश्चिम राजमार्गमा चेक जाँचमा कडाई गरेका छन् ।राजमार्गमा करिब ३ महिना देखी निरन्तर ट्राफिक चेकिङ्गमा   कडाई गरीएका छन्।अस्थाई ट्राफिक पोस्ट धनगढीबाट प्र.स.नी.प्रहरी सहायक निरीक्षक असई सुरेश कुमार यादवको कमान्डमा निरन्तर ३ महिना देखि चेकिङ्गमा कडाई गरेका छन।

उक्त ट्राफिक पोस्टले ऐरिया भित्र धनगढीको मेदनीपुर पुलस्थित र गागन खोलाको पुल स्थित निरन्तर ट्राफिक चेकिङ्ग हुने गरेको छ। ट्राफिक चेकिङ्गमा मोटरसाईकल चालक सबैभन्दा कार्बाहीमा पर्ने गरेका छन्। सबारी चालक अनुमति पत्र नभएको र मोटरसाईकलमा ३ जना सबार भएर यात्रा गर्ने ,र बिना हेल्मेटको सवारी चलाउने गरेका चालकहरुले कार्बाहीमा पर्ने गरेका छन।

दैनिक रूपमा करिब १२ हजार बराबरको जरिवाना काटिने गरेको प्रहरी सहायक निरीक्षक सुरेश कुमार यादवले जानकारी दिनु भयो। ट्राफिक चेकिङ्गमा निरंतरता दिदा सिरहा मा सडक दुर्घटनामा कमी आएको उनले दाबी गरेका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्