हत्यामा संलग्न २ जना फरार अपराधी १६ बर्ष पछी पक्राउ



बझाङ हत्यामा संलग्न २ जना फरार अपराधी पक्राउ परेका छन् । बझाङ प्रहरीले गोप्य सूचनाको आधारमा बीभत्स हत्यामा सँलङग भएका २ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी ज्ञानबहादुर विष्टले बताए ।

डिएसपी बिस्टका अनुसार धौले भण्डारीको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी प्रकाश राना समेत भएको कर्तव्य ज्यान मुद्दामा मिति २०६२ असोज २३ गतेको दिउसो ४:३० बजेको समयमा जिल्ला बझाङ साबिक सुबेडा गाउविकास समिति  वडा नम्बर  ८ ज्वाडा हाल जयपृथ्वी नगरपालिका -७ स्थित बस्ने मीन बहादुर भण्डारीलाई सोही स्थानमा बस्ने वीरेन्द्र राना,प्रकाश राना, मंगल राना,रामदेवी राना र हिरा देवी रानाले घरेलु हतियार बन्चरो,हँसिया को प्रयोग गरी बिभत्स तरिकाले हत्या गरेको  घटनामा तत्कालीन सम्मानित पुनरावेदन अदालत डोटीको मिति २०६६/०३/८ गतेको फैसलाले प्रतिवादी साबिक जिल्ला बझाङ सुवेडा- ८ ज्वाडा हाल जयपृथ्वी नगरपालिका वडा नं.०७ बस्ने वर्ष ३३ की रामदेवी रानालाई ३ वर्ष कैद  सम्मानित सर्वोच्च अदालतको मिति २०६९/ ०१/२२ गतेको फैसलाले प्रतिवादी जिल्ला बझाङ जयपृथ्वी नगरपालिका वडा नं.०७ बस्ने वर्ष ४० को वीरेन्द्र रानालाई २० वर्ष कैद सजाय तोकिएको थियाे ।

तर  फरार अपराधीहरूको खोजतलास गर्ने क्रममा उहाँहरू भारतबाट जिल्ला कञ्चनपुर अन्तर्गत नेपाल भारतको सीमा भिमदत्त नगरपालिका वडा नं. ११  गड्डा चौकी एरियाको बाटो हुँदै  नेपाल आउँदै गरेको विशेष सूचनाको आधारमा जिप्रका बझाङको सक्रीयता तथा केन्द्रीय प्रहरी अनुसन्धान ब्यूरो,महाराजगंज र स्थानीय प्रहरीको सहयोगमा उहाँहरूलाई गड्डा चौकी एरियाबाट मिति २०७८/११/१४ गते पक्राउ गरी ल्याईएकोमा निजहरूलाई आज मिति २०७८/११/१५ गते सम्मानित बझाङ जिल्ला अदालत बझाङमा पेश गरीएको प्रहरी प्रमुख डिएसपी विष्टले बताए । जिल्लामा डिएसपी बिष्ट आएपछि राम्रो भएको स्थानीयको भनाइ रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्