आजकाे मौसम कस्तो रहला ? आगामी तीन दिनको मौसम पूर्वानुमान



२०७८ फागुन १८ गते (बुधबार)

दिउँसो : प्रदेश १,बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही कर्णाली र सुदूरपश्चिमका पहाडी भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागको थोरै स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती : प्रदेश १, कर्णाली प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, कर्णाली प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

२०७८ फागुन १९ गते (बिहीबार)

दिउँसो : देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक देखि सामान्य बदली तथा अन्य भू-भागमा मौसम सामान्यता सफा रहनेछ ।देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती : देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक देखि सामान्य बदली तथा अन्य भू-भागमा मौसम सामान्यता सफा रहनेछ ।देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

२०७८ फागुन २० गते (शुक्रबार)

दिउँसो : देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यता सफा रहनेछ । देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग हल्का वर्षाको सम्भावना रहेको छ।

राती : देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यता सफा रहनेछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्