१२ बर्सिया करुणा बलात्कारपछि हत्या,६४ वर्षीय वृद्ध पक्राउ



मोरङ जिल्लाको लेटाङ नगरपालिका वडा नम्बर ८ कि १२ वर्षीया बालिका करुणा राईको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ ।बालिकाको शव लेटाङ्गकै लालहीरा सामुदायिक वनभित्र शुक्रबार बिहान फेला परेको थियो । प्रहरीले बलात्कार पछि बालिकाको हत्या गरेको आरोपमा एक जना वृद्धलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लेटाङ्ग ८ का ६४ बर्षिय वृद्ध दिपक गिरी रहेका छन् ।

जाँते माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत बालिका गत बुधबार देखि हराएकी थिइन् । बालिकालाई गिरीले विद्यालयबाट एक्लै घर फर्किने क्रममा गिरीले नियन्त्रणमा लिएर बलात्कार गरेको प्रहरीले बताएको छ ।बलात्कार पछि घटनामा आफ्नो नाम जोडिने डरले गिरीले ढुङ्गाले हानेर बालिकाको हत्या गरेको प्रहरी अनुसन्धानले खुलेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्