प्राबिधिक शिक्षा भर्ना सम्बन्धि १ दिने अन्तर्कृया लहानमा सम्पन्न




सिराहा लहान २४ फाल्गुन – मनमोहन प्राविधिक विश्वविद्यालय स्कुल अफ इन्जिनियरीङ्गद्वारा लहानमा १ दिने
प्राविधिक र उतपादनमुखी शिक्षामा जोड दिन स्थानीय विद्यार्थी शिक्षक,विभिन्न राजनीति दलका प्रतिनिधि,नागरिक समाजका अगुवा,शिक्षाबिध बुद्धिजीवी,पत्रकारहरुसंग क्याम्पसका डिन सहितका एक समूहले लहानमा बृहत् अन्तर्कृया कार्यक्रम सम्पन्न गरेको छ।

विश्वविद्यालयको डिन डा.प्रचण्ड मान प्रधानको अध्यक्षतामा कार्यक्रम सुरु भएको कार्यक्रममा क्याम्पसका कार्यक्रम संयोजक डा.दिपरंजन डंगोल,नरेन्द्र डाय,युवराज चौधरी हिसानको केन्द्रिय उपाध्यक्ष धरनीधर अधिकारी,बिष्णु हरी अधिकारी,प्याब्सनका जिल्ला अध्यक्ष प्रदिप तिवारी नयाँ पत्रीका दैनिकका लहान सम्बादाता मोनी लाल विश्वकर्मा लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो।

नेपालको लोकप्रिय प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा प्रदेश नम्बर १ स्थित प्रदेश सरकारले राज्य सभाबाट स्वायत कानुन निर्माण गरी २०७६ असोज १६ गते प्रदेश राजपत्रमा सूचना प्रकाशन गरी मनमोहन प्राविधिक विश्वविद्यालय स्थापना गरेको गणेश लम्सालले जानकारी दिनुभयो।

प्राविधिक र उत्पादनमुखी शिक्षाको अवसर सिमित भएकै कारण देश विकासमा पछाडि परिरहेको एक तथ्यांकले देखिन्छ। शिक्षालाई श्रमसंग श्रमलाई उत्पादनसंग र उत्पादनलाई बजारसंग जोडन सक्ने शिक्षा पद्धति आजको आवश्यकता रहेको क्याम्पसका डिन डा.प्रचण्ड मान प्रधानले बताए।उक्त क्याम्पसलाई अन्तर्राष्ट्रिय क्याम्पसको रूपमा स्थापित गर्न तिर हाम्रो चाहना रहेको प्रमुख प्रधानले बताए।

देशका युवाहरूलाई प्राविधिक शिक्षा तर्फ अग्रसर बनाउन र देश विकासको महाअभियान सफल पार्ने गरेको देखिन्छ।
देशमा दक्ष जनशक्ति उत्पादन गर्नको लागी उक्त मनमोहन प्राविधिक विश्वविद्यालयको स्थापना तथा सुरुवात भएको हो।

मुलुकको सर्वाङ्गगीन विकासको लागि आवश्यक पर्ने उच्चस्तरीय प्राविधिक जनशक्ति उत्पादन गर्ने बहुप्राबिधिक विश्वविद्यालयको अवधारणा अनुरुप प्रतिस्पर्धात्मक, गुणस्तरयुक्त,उपलब्धिमुलुक कार्य गर्न सक्ने र अन्तर्राष्ट्रिय विकाससँग काम गर्न अग्रसर हुने भएको हो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्