काठमाडौंको मेयर हुने महानायक राजेश हमालको इच्छा !



महानायक राजेश हमालले काठमाडौँको मेयर हुने इच्छा जाहेर गरेका छन् । प्रसारणको तयारीमा रहेको ‘राजेश हमालसँग एक दिन’ कार्यक्रममा उनले यो इच्छा राखेका हुन् ।
सार्वजनिक ट्रेलरमा हमालले नेताहरूले काठमाडौं व्यवस्थित गर्न नसकेको प्रति प्रश्न उठाउँदै मेयर हुने इच्छा जाहेर गरेका हुन् ।

‘शहरलाई  ब्युटिफाइ गर्ने कुरोमा कसैको ध्यान गएन । भाषणमा भने भनिरहेका हुन्छन्’ हमालले अगाडि भनेका छन् ‘प्राक्टिकल्ली गर्ने सोच नपुगेर हो कि ढङ्गै नपुगेर हो कि, एक पटक काठमाडौँ सहरको मेयर बन्नुपर्छ कि क्या हो म ?हमालले बुधबार आफ्नै नामको युट्युब च्यानलबाट हमालसँग एक दिन नामक कार्यक्रमको ट्रेलर हालेका छन् । उक्त ट्रेलरमा हमालले मेयर हुने इच्छा जाहेर गरेको देख्न सकिन्छ ।स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा हमालले घुमाउरो शैलीमा राखेको यो इच्छालाई महत्त्वका साथ हेर्न थालिएको छ । ट्रेलरमा गाडीमा बसेर काठमाडौं घुमिरहेका हमालले चालक सिटमा रहेका व्यक्तिसँग कुरा गर्दै सहरको अस्तव्यस्तताप्रति असन्तुष्टि समेत जनाएका छन् ।

ट्रेलरमा उनले आफ्ना विभिन्न फिटनेस क्रियाकलाप समेत देखाएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्