हरेक व्यक्तिले फलेरियाको औषधि खाने सबैलाई बचाउने: नगर प्रमुख शाह



हरेक व्यक्तिले फलेरियाको औषधि खाने सबैलाई बचाउने:- नगर प्रमुख शाह कृष्णनगर, फागुन २६ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ मा रहेको हेल्थ पोस्ट कृष्णनगरमा राष्ट्रिय हात्तीपाइले रोग विरुद्ध मुस्लिम धर्मगुरु हरू बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छl कृष्णनगर नगरपालिका नगर प्रमुख शाहको अध्यक्षतामा कार्यक्रम सम्पन्न भयो l फलेरिया विरुद्ध जनचेतना कार्यक्रममा फेयर मेडका परियोजना संयोजक शशि लाल कर्ण र आधारभूत स्वास्थ्य परियोजना कार्यक्रमका सामाजिक परिचालक अनेक पाण्डेयले फलेरियाको परिचय, रोगको लक्षण, रोग बाट हुने समस्या, कसले फलेरियाको औषधि न खाने, समाधानका उपाय लगायतको बारेमा प्रशिक्षण दिनुभयो l कार्यक्रममा बोल्दै नगर प्रमुख शाहले यो अभियान सबै मिलेर सफल पार्नुपर्ने र गर्भवती महिला तथा दुई बर्ष भन्दा कमका बाल बालिका बाहेक हरेक व्यक्तिले फलेरियाको औषधि खाने र सबैलाई यस रोग बाट बचाउने कार्य गर्नु पर्ने बताए l कार्यक्रममा सहभागी हरूका तर्फबाट बोल्दै लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले फलेरिया रोग सबै मिलेर निर्मूल गर्नुपर्ने, यही फागुन २८ गते बाट फलेरिया रोग विरुद्धको अभियान सफल बनाउन सहभागी संग आग्रह गर्दै, आ आफ्नो स्तर बाट सबैले यस रोग बारे सचेतना जगाउनुपर्ने बताए l कार्यक्रममा राष्ट्रिय मदरसा संघ नेपालका अध्यक्ष डा. अब्दुल गनि अल्कुफी, जहिर अहमद बरेलवी लगायत मुस्लिम धर्मगुरु, पत्रकार हरूको सहभागिता रहेको थियोl कार्यक्रममा फेयर मेडका परियोजना संयोजक शशि लाल कर्ण लाई दोसल्ला ओढाई सम्मान समेत गरिएको थियो l

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्