अमृता नेपाली भगत सर्वजित् विश्वकर्मा अन्तर्राष्ट्रिय पुरस्कार २०७८ बाट सम्मानित



रुकुम पश्चिम / रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १३ निवासी अमृता नेपाली भगत सर्वजित् विश्वकर्मा अन्तर्राष्ट्रिय पुरस्कार २०७८ बाट सम्मानित हुनुभएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नगद २० हजार रुपैयाँसहित उहाँलाई सम्मान गर्नुभएको छ । अमृतालाई दलित समुदायका विद्यार्थीहरूको शैक्षिक उत्थानका लागि गरेको योगदानको कदर गर्दै भगत सर्वजित् विश्वकर्मा अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मान गरिएको हो ।

नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानको छैटौँ राष्ट्रिय सम्मेलनका अवसरमा आयोजित कार्यक्रममा उहाँलाई सम्मान गरिएको हो । स्थानीय एक विद्यालयमा शिक्षिकाको रूपमा कार्यरत रहँदा उहाँ जातकै कारण जागिरबाट निकालिनुभएको थियो ।

प्रतिष्ठानका अध्यक्ष बरालीले आफ्ना बुबा आमाको नामबाट स्थापना गरेको भीमामृत अक्षयकोषबाट स्थापित भगत सर्वजित् विश्वकर्मा अन्तर्राष्ट्रिय पुरस्कार २०७८ शुक्रबार काठमाडौँमा वितरण गरिएको हो ।
सो अवसरका २०७८ सालको भगत सर्वजित् विश्वकर्मा अन्तर्राष्ट्रिय पुरस्कारबाट शिक्षा क्षेत्रमा दलित समुदायका लागि शिक्षाको क्षेत्रमा पुस्तकालय स्थापना गर्न तनहुँको सहिद गङ्गा माध्यमिक विद्यालयलाई २० हजार राशिको पुरस्कार प्रदान गरिएको छ ।सम्मान पछि मन्त्री आलेले समाजमा पिछडिएर रहेका दलित, जनजाति समुदायहरूका पक्षमा आफूले विगतदेखि नै वकालत गर्दै आएको बताउँदै मन्त्री आलेले दलित समुदायको वृत्ति विकास, हकहितका लागि आवश्यक बजेट व्यवस्थापनदेखि अन्य कुराहरूको सहयोगका लागि मन्त्रालय सधैँ सकारात्मक रही काम गर्ने उनले बताए । गरिबी, अशिक्षा तथा विकासको मूलधारबाट बाहिर परेकाले पश्चिमका दलित समुदायको अवस्था झन् दयनीय रहेको मन्त्री आलेको बताएका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्