महालक्ष्मी विकास बैकले जाला माध्यामिक विद्यालयलाई प्रतीक्षालय निर्माण सहित हस्तान्तरण



उत्तम कुमार थापा बझाङ महालक्ष्मी विकास बैक बझाङले जाला माध्यमिक विद्यालयलाई प्रतीक्षालय निर्माण गरेर हस्तान्तरण गरेको छ । महालक्ष्मी बैकको आर्थिक सहयोगमा विद्यालयलाई आवश्यक पर्ने करिब ५० हजारको प्रतीक्षालय हस्तान्तरण गरेको हो । बैकले यस विद्यालयका प्र उत्तम मल्ललाई प्रतीक्षालय निर्माण गरेको भन्दै विद्यालयलाई पचास हजार को चेक हस्तान्तरण गरेका हुन । बैक प्रमुख बोहराले चेक हस्तान्तरण गरेपछि विद्यालयले महालक्ष्मी विकास बैकले राम्रो काम गरेको भन्दै आगामी दिनमा अझै प्रगतिको कामना गर्दै प्रमाणपत्र हस्तान्तरण गर्नु भएको तियो । जिल्लामा रहेको महालक्ष्मी विकास वैले जाला माध्यमिक विद्यालय लाई प्रतीक्षालय बनाए बापत पचास हजार को चेक हस्तान्तरण गरेको भन्दै प्रमुख अतिथि रहनु भएका मल्लले भने यस बैकको उत्ताेर उत्ताेर प्रगतिको कामना सहित बधाई दिनु भएको तियो । कार्यक्रम विद्यालयको निकै प्रभावकारी भएको र ग्रमियाममा बस्न लायक चिसो याममा पनि काम लाग्ने विद्यालयले बताएको छ । अहिलेसम्म बझाङ जिल्ला अवस्थित महालक्ष्मी बैकले विभिन्न कार्यक्रम मार्फत जिल्लाका विद्यालय जनसमुदायहरूमा गएर धेरै जमाज हितका कार्यक्रम गर्दै आएको पाइन्छ । जाला विद्यालय लाई हस्तान्तरण गरिएको प्रतीक्षालय संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महालक्ष्मी विकास बैक चैनपुर बझाङद्वारा प्रतीक्षालय हस्तान्तरण गरिएको महालक्ष्मी विकास बैक बझाङका प्रमुख हेम बोहराले बताए । उनले भने ,हाम्रो बैकले धेरै गाउँ घर सहित शैक्षिक स्थ रमा सहयोग गरेको भन्दै विद्यालयले राम्रो प्रतीक्षालय निर्माण गरेकोमा खुसी व्यक्त गर्नु भयो । कार्यक्रममा जाला माध्यमिक विद्यालयका सदस्य कृष्ण दामीको अध्यक्षतामा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि बैकका प्रमुख हेमराज बोहरा अतिथि जाला विद्यालयका प्र अ उत्तम बहादुर मल्ल सहायक प्र शकर खड्का रहनु भएको हो भने महालक्ष्मी बैकले दिने सेवा सुविधा बारे पनि निकै चर्चा गर्नु भएको हो । हस्तान्तरण कार्यक्रममा शिक्षक विद्यार्थी पत्रकार समाजसेवी लगायतको उपस्थिति रहेको तियो । कार्यक्रम सञ्चालन विद्यालयका शिक्षक कृष्ण बहादुर रावल गर्नु भएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्