नेपाली काँग्रेसको उल्लासमय टोल समिति गठन



दाङ । नेपाली काँग्रेसलाई बलियो बनाउन देशैभर टोल समितिहरू गठन भई रहेका छन् । यसै सन्दर्भमा दाङको लमही नगरपालिका वडा नम्बर ७ मा पनि टोल समितिहरू गठन भएका छन् ।

लमही नगरपालिका वडा नम्बर ७ (साबिक सतबरिया गाविस वडा नम्बर ३) मा शनिवार टोल समिति गठन गरिएको हो । टोल समिति गठन प्रक्रियामा नेपाली काँग्रेस ७ नम्बर वडा समिति सक्रिय देखिएको छ । समितिले ११ सदस्यीय टोल समिति गठन गरेको हो ।

जसको सभापतिमा कृष्णराज चौधरी सर्बसहमती बाट निर्वाचित भएका छन् । त्यस्तै उपसभापतिमा शरद पोख्रेल, कोषाध्यक्ष भरतलाल चौधरी, सचिव समीक्षा चौधरी, सहसचिवमा निर्मला खड्का चयन भएका छन् । सदस्यहरूमा अनिल चौधरी, मोतीलाल चौधरी, नानू चौधरी, रेश्मा चौधरी, देबिकला थापा र जालुराम चौधरी रहेका छन् ।

यो सँगै लमही वडा ७ मा ३ वटा टोल समितिहरू गठन भएका छन् । यो भन्दा अघि लमही नगरको वडा नम्बर ७ (साबिक सतबरिया १ र २) मा टोल समिति गठन भई सकेका छन् ।

नेपाली काँग्रेस वडा समितिका सभापति सालिकराम चौधरीको सभापतित्व तथा महाधिवेशन प्रतिनिधि तथा काँग्रेस नेता जानकीलाल बस्नेतको प्रमुख आतिथ्य एवम् महाधिवेशन प्रतिनिधि हरू मोहन गिरी, कर्ण बहादुर बुढाथोकी, अनुप कुमार थापाको विशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्ने नेताहरूले अबको स्थानीय तहको चुनावमा काँग्रेसको विकल्प नरहेको बताए । वडा स्तर देखी पालिका सम्म नेपाली काँग्रेसको चार तारे अङ्कित झन्डा फहराउन गाउँ टोल देखी सबै एक ढिक्का भएर लाग्नुपर्ने बताए ।
कार्यक्रममा नेपाली काँग्रेस दाङ क्षेत्र नम्बर १ प्रदेश ख का सभापति दिनेश गिरी, महाधिवेशन प्रतिनिधिहरू मोहन गिरी, अनुप थापा, कर्ण बहादुर बुढाथोकी लगायतका वक्ताले बोलेका थिए । कार्यक्रमको सहजीकरण वडा समितिका सचिव निरञ्जन सिंहले गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्