नागरिक आरोग्य सेवा केन्द्र खप्तड छान्ना उद्घाटन



बझाङ । खप्तड छान्ना गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरिएको छ । जिल्लाको खप्तड छान्ना गाउँपालिकामा रहेको पशलवगरमा एक कार्यक्रमका बिच स्थापना गरिएको हो । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बझाङले खप्तड छान्ना गाउँपालिकालाई आयुर्वेदको आवश्यकता पर्ने भएकोले गाउँपालिकामा स्थापना गरिएको मीनराज पुरीले बताए ।

खप्तड छान्नाकाे स्वास्थ्य कार्यालय नजिकै राखिएको नागरिक आरोग्य जिल्ला आयुर्वेद कार्यालय बझाङका प्रमुख सूर्य उपाध्यायको अध्यक्षतामा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष बर्क बहादुर रोकाया रहनु भएको थियो ।
उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष रोकायाले भने गाउँपालिकाले गर्ने सबै सहयोग गर्न तयारी रहेको आवश्यक पर्ने आर्थिक प्रतिवेदन तयार पारेर गाउँपालिकामा बुझाउन अनुरोध गरिएको थियो ।

उहाँले भन्नू भयो । हाम्रो स्थानीय स्तरमा पाइने जडीबुटीहरूको संरक्षण सँगै यसको सदुपयोग गर्न पनि हुने बताउँदै आयुर्वेदले बुढापाका सबैलाई राम्रो गर्ने गरेको बताउनु भएको हो । कार्यक्रम सञ्चालन भने जिल्ला आयुर्वेदका कर्मचारी मीनराज पुरीले गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्