समाजसेवी महेश चौधरीद्वारा बृहत् होली मिलन कार्यक्रमको आयोजना 



सिराहा लहान – समाजसेवी महेश चौधरीले सिराहाको लहान स्थित रहेको एपोलो ॐ उच्च माध्यमिक विद्यालयमा बृहत् होली कार्यक्रमको आयोजना गरेको हो। रङ्ग   अबिरको पर्व मानिने होली पर्वको आयोजना गरी एक आपसमा रङ्ग अबिरको टिका लगाएर रमाइलो गर्दै होली पर्व मनाएका छन्।

समाजसेवी महेश चौधरीले आयोजना गरेको कार्यक्रममा विभिन्न पार्टीको नेता कार्यकर्ता र समाजसेवी, शिक्षक विद्यार्थीहरूको उक्त कार्यक्रममा उल्लेखनीय उपस्थिति रहेको थियो। काङ्ग्रेस नेता सुनिल महतो लगायत काङ्ग्रेसका पार्टी सिराहाका उल्लेखनीय नेताहरूको सहभागिता रहेको थियो।

सिराहा क्षेत्र नम्बर १ का काङ्ग्रेस पार्टीको विभिन्न तह तप्काको नेताहरूको होली मिलन समारोहमा उपस्थिति रहेको थियो।सोही कार्यक्रमबाट लहान नगरपालिका-७ का वडा सदस्य तथा जसपा नेता राम बाबु महतो,नेपाल कम्युनिस्ट पार्टी एमालेका वडा सदस्यका प्रत्याशी प्रमीला विश्वकर्मा,रेखा सदाय,राजा ठाकुर लगायत ५१ जनाले विभिन्न पार्टी प्रत्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेको आयोजकले जानकारी दिनु भयो।कार्यक्रममा क्षेत्र समितिद्वारा सम्पूर्णलाई स्वागत तथा सुभ काममा व्यक्त गरेका थिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्