वैशाख १२ मा उम्मेदवारी, १७ चैत्रमा चुनाव चिन्ह



काठमाडौं। वैशाख ३० गते हुने स्थानीय तहको चुनावको लागि वैशाख ११ र १२ गते मनोनयन हुने भएको छ। शुक्रबार निर्वाचन आयोगले गरेको निर्णयअनुसार दुई दिन मनोनयनको समय दिन लागिएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए।

थपलियाका अनुसार उम्मेदवारको अन्तिम नामावली प्रकाशन वैशाख १६ गते हुनेछ। उम्मेदवारले नाम फिर्ता लिन चाहे १६ गतेको समय दिइने र त्यही दिन साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरिनेछ। १७ गते चुनाव चिन्ह प्रदान गरिने निर्वाचन आयोगले जनाएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्