कक्षा १२ को परीक्षा जेठ १६ देखि



काठमाडौं। कक्षा १२ को परीक्षा जेठ १६ गतेदेखि सञ्चालन हुने भएको छ। शुक्रबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले आगामी जेठ १६ गतेदेखि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको अध्यक्ष महाश्रम शर्माले जानकारी दिए।

अनलाइनबाट प्रश्न पत्र पठाएर तोकिएका परीक्षा केन्द्रमा नै परीक्षा सञ्चालन गर्ने बोर्डको तयारी छ। गत दुई वर्ष कोभिडका कारण होम सेन्टरमा परीक्षा सञ्चालन गरिएको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्