विप्लव नेतृत्वको नेकपाको बैठक स्थगित, के भयो आज ?



काठमाडौं। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ। केन्द्रीय कार्यालय कपिलवस्तुमा शुक्रबार दिउँसो एक घण्टा बैठक बसेर शनिवार सम्मका लागि स्थगित भएको हो।

शुक्र बाह्रको बैठकमा महासचिव विप्लवले राजनीतिक प्रतिवेदन पेस गरेपछि स्थगित भएको केन्द्रीय सदस्य पदम जिसीले जानकारी दिए। ‘महासचिवको डकुमेन्ट अध्ययन गर्न बैठक शनिवार बस्ने गरी स्थगित भएको छ,’ जिसीको भनाइ छ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन उपयोग वा बहिष्कार भन्नेबारे बैठकले निर्णय गर्नेछ। शुक्र बाह्रको बैठकमा ६९ जना केन्द्रीय सदस्य र ७ मध्ये ४ जना सल्लाहकारको उपस्थिति रहेको थियो। गत फागुन २६ मा सम्पन्न सो पार्टीको सचिवालय बैठकमा महासचिव विप्लवले चुनाव उपयोग गर्नुपर्ने प्रस्ताव गरेका थिए। तर उक्त प्रस्तावमा केही नेताले फरक मत राखेपछि यसबारे पार्टीमा बहस चर्किएको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्