बस दुर्घटना हुँदा दुई जनाको मृत्यु



मकवानपुर। मकवानपुरमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। मनहरी गाउँपालिका-६ भुलचोकस्थित सडकमा बा.४ ख ४४५४ नम्बरको बस अनियन्त्रित भई शुक्रबार बिहान दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेहरूमा बसका सहचालक नुवाकोट तार्केश्वर गाउँपालिका-४ बस्ने २२ वर्षीय सुभाष श्रेष्ठ र सोही ठाउँ बस्ने २९ वर्षीय शम्भु दराई रहेको जनाइएको छ।

त्यस्तै, सोही दुर्घटनामा घाइते भएका अन्य ९ जनालाई उपचारका लागि चितवन भरतपुरतर्फ पठाइएको छ। बस चालकलाई नियन्त्रणमा लिएर सो दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्