अध्यक्ष यादवद्वारा बाह्र कक्षाको उद्घाटन र नव भवनको शिलान्यास 



सिराहा लहान ५ चैत –  सखुवानन्कारकट्टी गाउँपालिका अन्तर्गत श्री मा.बि महेशवारिमा अध्यक्ष केदारनाथ यादवले बाल्यकालको पढाइ गरेको प्रा.बि. विद्यालयलाई भव्य रूपमा 10+2 को अनुमति प्रदान गरी कक्षा उद्घाटन गरेको छ ।

कार्यक्रमको अध्यक्षता वडा नं ५ को वडा अध्यक्ष वैद्यनाथ यादव,प्रमुख अतिथि सखुवानान्कारकट्टी गा.पा अध्यक्ष केदारनाथ यादव रहेको थियो भन्ने अतिथिहरूमा शिक्षा शाखा प्रमुख भाेगेन्द्र यादव अतिथिमा प्रमुख प्रशासकीय अधिकृत राजीव कुमार झा रहेको थियो ।

कार्यक्रममा गत आर्थिक वर्षमा निर्माण गरिएको  सुविधा सम्पन्न भवनको  अध्यक्ष यादवले उद्घाटन गरेको छ । भने आर्थिक वर्ष २०७८/०७९ मा निर्माण गरिने चार कोठे  सुविधा सम्पन्न भवनको शिलान्यास  गरेको  छ । साथै सुविधा सम्पन्न  ICT, विज्ञान प्रयोगशाला,कम्प्युटर ल्याब, पुस्तकालय  बिधीबतरुपमा उद्घाटन  गरेको छ ।

स्थानीय अभिभावकहरू भन्नू हुन्छ अव यो ठाउँमा पलस टु सञ्चालन भएपछि हामीहरूलाई सजिलो भयो घरमै बसेर हाम्रा बालबालिकाहरू उच्च शिक्षा हासिल गर्न सजिलो  भएकोले गापा अध्यक्षको काम काजको प्रशंसा गरेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्