निर्धन उत्थान लघुवित्तद्वारा पीडितलाई ७ लाख १५ हजार सहयोग 



सिराहा लहान ५ चैत- सिराहाको लहान नगरपालिका वडा नम्बर २० को अजब लाल महतोको श्रीमती फुलो बत्ती कोइरीलाई २०७८ माघ ३ गतेका दिन आफ्नै निवासमा मृत्यु भएको थियो।मृतक फुलो बत्ती कोईरीन विगत ८ वर्ष देखि लहान स्थित रहेको निर्धन उत्थान लघुवित्त संस्था लिमिटेड लहान सखा अन्तर्गत रहेको हरिनगरा महिला समाज केन्द्रका सदस्य फुलो देवी कोईरीनलाई मृत्यु भएको थियो।

मृतक कोईरीनले केन्द्र नम्बर १९ मा पहिलो पल्ट ३ लाख र दोस्रो पल्ट ३ लाख लगानी गरेका थिए। कोईरीनलाई मृत्यु पस्चात सामाजिक उत्तरदायित्व अन्तर्गत ग्रामीण बिमा क्षेतीपुर्ती वाप्त जम्मा ७ लाख १५ हजार बिमाको क्षेतीपुर्ती वापत  सखा प्रबन्धक खडकाले सम्बन्धित वडाका अध्यक्ष गणेश चौधरी र केन्द्र नम्बर १९ का प्रमुख विमला देवी दासको रोहबरमा पीडित मृतकको श्रीमान् अजब लाल महतो लाई प्रदान गरिएको छ।

लहान सखा अन्तर्गत १५८ वटा केन्द्र रहेका छन् भने ३२ सय  सदस्य रहेका छन्। निर्धनको हाल ३० करोड लगानी रहेको सखा प्रबन्धक पुर्ण बहादुर खडकाले बताए। उक्त संस्थाले २०५५ साल कार्तिक १२ गते स्थापना भई नेपालको अधिकांश जिल्लाहरूमा स्थापना सेवा प्रदान गर्दै आएका सहायक ऋण अधिकृत मनोहर कुमार यादवले जनाए।

पीडितको घरमा रकम हस्तान्तरण गर्ने कार्यक्रममा राम दिनेश महतो, प्रभा चौधरी,उषा चौधरी लगायतका कर्मचारीको सहभागिता रहेको थियो।प्रबन्धक कडकाले सेवा ग्राहीहरूलाई सह रूपमा कर्जा लगानी गरी चुक्ता समेत गर्ने गरेको छ।सिराहामा निर्धन लघुवित्त संस्थाको निकै सक्रिय समूहहरू रहेको उनले देखिन्छ।

प्रमुख अतिथि चौधरीका अनुसार शोकको घडीलाई आर्थिक रूपले शक्तिको रूपमा परिनत गरिएको छ। संस्था प्रति अभार प्रकट गर्दै पीडित परिवारमा धैर्य धारणको शक्ति प्रदान होस् मृतक प्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्