राष्ट्रिय हप्किडाे च्याम्पियनसिप प्रतियोगिता प्युठानमा सुरु



पवन पोख्रेल नेपाल मार्सल आर्ट हाप्किडोको केन्द्रिय कार्यक्रम प्युठानमा आयोजना गरिएको छ । जिल्लामा हाप्किडोको विषयलाई पाठ्यक्रममा समेत समावेश गरी अगाडि बढाउन जनप्रतिनिधिहरूले जोड दिएका छन् । मान्डबी गाउँपालिकाको विशेष सहयोगमा पाचन राष्ट्रिय स्तरको हाप्किडो च्याम्पियनसीप प्रतियोगिता प्युठानको मान्डबिमा शनिवार देखि सुरु भएको हो । नेपाल भरका हाप्किडो खेलाडीहरुलाई प्युठानमा जम्मा गराई उत्कृष्ट खेलाडी छनोट गर्ने नेपाल मार्सल आर्ट हाप्किडो सङ्घका जिल्ला अध्यक्ष टेकराज के सिले जानकारी गराउनु भयो । कार्यक्रम यही चैत ७ गतेसम्म सञ्चालन हुने समितिले जानकारी दिएको छ !

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्